अपराध सुरक्षा

भारत लान लागिएका दुई किशोरीको उद्दार

भारत लान लागिएका दुई किशोरीको उद्दार
कात्तिक - ८ । बेचविखनका लागि भारत लैजाने तयारी गरिएका नवलपरासीका दुई किशोरीलाई बाँकेको चप्परगौडीबाट प्रहरीले उद्दार गरेको छ । भारत लैजान लागिएका युवतीहरुलाई प्रहरीले प्युठानी भुसाल होटलमा छापा मार्ने क्रममा उद्दार गरेको हो । बेचविखनमा संलग्न रहेको आरोपमा होटल सञ्चालिका बिनिता भनिने शिवा भुसाल र नवलपरासी दलदलेका केशव भनिने नुमाकान्त भुसाललाई पनि प्रहरीले पक्राउ गरेको छ । दाङ्ग–दिल्ली रुटमा बस चलाउने चालक रहेका नुमाकान्तले फेसबुक र फोनबाट १६ वर्षीया किशोरीलाई मायाजालमा पारेका थिए । नुमाकान्तले विहे गर्छु भनेपछि १६ वर्षीया ती किशोरी आफ्नो साथीको साथमा घरबाट असोज २८ गते निस्किएका थिए । बुटवल पुगेपछि नेपालगञ्ज आउने बसमा चढेका ती किशोरीलाई निःशुल्क चप्परगौडीसम्म र्पुयाइदिन शिवाले किशोरीकै मोबाइलमा फोन गरी उक्त बसका चालकलाई आग्रह गरेको पीडित किशोरीहरुले बताए । भारत लैजाने तयारीस्वरुप १८ वर्षीया किशोरीको भेस बदल्न कपाल काटिएको पाइएको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले बताएका छन् ।

banke human trafficking in nepal

विशेष