अपराध सुरक्षा

राष्ट्रिय फोर्स नामक भूमिगत संगठनका अध्यक्ष मगरसहित १३ जना पक्राउ

राष्ट्रिय फोर्स नामक भूमिगत संगठनका अध्यक्ष मगरसहित १३ जना पक्राउ
कात्तिक - ८ । माओवादी शान्ति प्रक्रियामा जाँदा भागेका पूर्व लडाकुहरुले तीन वर्षअघि खोलेको मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक भूमिगत संगठनका अध्यक्ष उपेन्द्र घर्ति मगरसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । new-party-2 महानगरीय प्रहरी कार्यालय र प्रहरीको आतं‌कवाद हेर्ने विशेष ब्युरोको संयुक्त टोलीले सोमबार पत्रकार सम्मलेन गर्दा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । राजनीतिक आवरणमा यो समूहले विभिन्न प्रहरी कार्यालयमा आक्रमण गरी हातहतियार लुट्ने, सरकारी कार्यालयमा विस्फोटन गराउने, बैक, रात्री बस लुट्ने गरेको प्रहरीले जानकारी जनाएको छ । महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिह थापाले मंगोल मूलवासी राष्ट्रिय फोर्सले आफूलाई राजनीतिक संस्था भन्ने तर आपराधिक क्रियाकलाप गरिरहेको जानकारी दिए। new-party फोर्सले तराईको मुद्दालाई लिएर राजनीति गर्ने भन्दै अहिलेसम्म १ सय ४ जनालाई सदस्यता वितरणसमेत गरेको देखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । रुकुम जिल्लालाई अखडा बनाएर फोर्सले लडाकु समेत भर्ना गर्ने गरेको खुलेको छ । अहिलेसम्म फोर्सबाट १२ भन्दा बढी भरुवा बन्दुक र सोही मात्रमा कटुवा पेस्तोल र विस्फोटक पदार्थसमेत बरामद गरिएको छ । फोर्सले संगठन विस्तारको लागि पूर्व,मध्य,पश्चिम गरेर तीन क्षेत्रमा विभाजन गरी काम गरिरहेको प्रहरीको दाबी छ ।

rastriya force upendra gharti magar

विशेष