अपराध सुरक्षा

लागूऔषधसहित एक वृद्धा पक्राउ

लागूऔषधसहित एक वृद्धा पक्राउ
कात्तिक - ८ । पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिका १९ स्थित भन्सार गेटबाट साेमबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक वृद्धा महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला घर बताउने अन्दाजी ६० वर्षिया कृष्ण थापा रहेकी छिन् । उनलाई सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म विरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उनको साथबाट डाईजोपाम ६७ वटा, फेनारगन ६५ वटा र नुफिन ६५ वटा बरामद गरेको छ । पक्राउ परेकी थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको एपीएफले जनाएकाे छ ।

APF Arrest old women with drugs

विशेष