बैंकिङ

लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न

लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न

laxmi-bank

कात्तिक ९ । कमलपोखरीस्थित अग्रवाल भवनमा लक्ष्मी बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सम्पन्न भएको उक्त साधारण सभाले लक्ष्मी बैंक लिमिटेडले प्रेफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरी सम्झौतापत्रको समेत अनुमोदन गरेको छ ।

उक्त साधारण सभाबाट प्राप्ति प्रयोजनका लागि प्रोफेसशनल दियालो विकास बैंकको प्रति शेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति शेयर मूल्यको ५० प्रतिशत रहने मूल्यांकन पारित गरेको छ । यसका अलावा प्राप्ति पश्चात कायम हुने शेयर पूँजीमा बैंकको पन्ध्रौँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम १०० प्रतिशत हकप्रद शेयर निस्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

Laxmi Bank

विशेष