अपराध सुरक्षा समाज

श्रीमानको बच्चरो प्रहार गरी हत्या

श्रीमानको बच्चरो प्रहार गरी हत्या

axe कात्तिक ९ । आपसी घरायसी झैझगडा हुँदा श्रीमतीले श्रीमान्को घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेकी छिन् । कैलालीको घोडाघोडी नगरपालिका– ६ शीतलपुर बस्ने २५ वर्षकी लक्ष्मी विष्टले सोमबार आफ्ना श्रीमान् ३२ वर्षीय लालबहादुर विष्टको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीले श्रीमान् र श्रीमतीबीच घरायसी झै–झगडा हुँदै गर्दा बन्चरोको प्रहारबाट उक्त घट्ना भएको भनी अनुसन्धानमा खुलेको जनाएको छ । हत्या गरी भागेकी श्रीमतीलाई भने घोडाघोडी नगरपालिकाकै थुम्की भन्ने स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

Axe

विशेष