अपराध सुरक्षा

रोजगारको लागि साइपन पठाइदिन्छु भन्दै ठगी गर्न महिला पक्राउ

रोजगारको लागि साइपन पठाइदिन्छु भन्दै ठगी गर्न महिला पक्राउ
कात्तिक – ९ । बैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्दै आएकी रिता आलेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । आलेलाई ब्यूरोले सोमबार सुनसरीबाट पक्राउ गरेको हो । rita-aale आलेले आकर्षक रोजगारीका लागि साइपन पठाइदिन्छु भन्दै प्रतिब्यक्ति दुईदेखि तीन लाखसम्म रकम असुली गर्ने गरेकी थिइन । २० ब्यक्तिबाट ठूलो रकम असुल गरी मलेसिया, सिंगापुर तथा फिलिपिन्सलगायतका देशमा पुर्याएर अलपत्र पारेपछि आलेविरुद्ध परेको उजुरीका आधारमा ब्यूरोले उनलाई पक्राउ गरेको हो । ब्यूरोले सुनसरीबाट पक्राउ गरेर आलेलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा पेश गरेको थियो । मंगलबार अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानको लागि महिला बन्दीगृह कारागार कार्यालय, विराटनगर पठाएको ब्यूरोले जानकारी दिएको छ । टलक बहादुर थापालगायतको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले आलेविरुद्ध २०६५ भदौ ४ गतै दुई वर्षको कैद सजाय र ४५ लाख १ हजार ५ सय रुपैया जरिवानाको फैसला सुनाएको थियो । अदालतले उनीविरुद्ध कैद र जरिवानाको फैसाल सुनाएपनि आले सात वर्षदेखि परार थिएन ।

CIB rita ale

विशेष