अर्थ

मन्त्रिपरिषद्ले स्वीकृती गरेको सिलिण्डरसम्बन्धी नयाँ मापदण्ड यस्तो छ

मन्त्रिपरिषद्ले स्वीकृती गरेको सिलिण्डरसम्बन्धी नयाँ मापदण्ड यस्तो छ
कात्तिक ९ । गुणस्तर तथा नापतौल विभागले तयार गरेको ‘नेपाल गुणस्तर ५३३’ अन्तर्गत ‘स्टान्डर्ड फर एलपीजी बोटलिङ अप्रेशन’ मापदण्ड मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । Gas-Cylinder मन्त्रीपरिषदबाट स्वीकृत भएको मापदण्ड अहिले कानुन मन्त्रालयमा गएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । उद्योगीले सिलिण्डर प्राप्त गर्दाको समयमा पाँच प्रतिशत तौल घटी भएमा प्रयोग गर्न पाइने छैन । एक प्रतिशतभन्दा बढी तौल भएमा सिलिण्डर सरसफाई गरेरमात्र प्रयोग गर्न सकिने र ग्यास रिफिलदेखि बिक्री गर्दाको समयसम्म सफा र सुख्खा हुनुपर्ने व्यवस्था छ । तौलको विषयमा सरदर बराबरी नै हुननुपर्ने पुडासैनीले बताए । भल्भबाट ग्यास चुहावट भए नभएको परीक्षण हुनुपर्ने र भएको अवस्थामा मर्मत नगरी नयाँ भल्भ नै प्रयोग गर्नुपर्नेेछ । भल्भ परिवर्तन गर्दा प्रति २० किलो टर्क प्रेसरबाट परिवर्तन गर्नुपर्नेछ । उद्योगीले रिफिल गरेका सिलिण्डर सुख्खा ठाउँमा फोहर नहुनेगरी भण्डारण गर्नुपर्ने छ । नेपाल गुणस्तर तथा नापतौल विभागको पेन्ट्स मापदण्ड ३६९ अनुसार सिलिण्डरको रंग हुनुपर्ने मापदण्डमा छ । रिफिल गरेको सिलिण्डर भण्डारण गर्दा दुई तहभन्दा बढी चाङ लगाएर राख्न पाइने छैन । उत्पादन गर्दा र खरिदको समयमा कम्पनीको नाम, लोगो, एनएस चिन्ह, हाइड्रोस्टाटिक र पुनः परीक्षणको मिति स्पष्टरुपमा सिलिण्डरमा उल्लेख गनुपर्छ । १० वर्षपछि दुई पटकसम्म ५र५ वर्षको अवधिमा र २० वर्षपछि ३र३ वर्षमा परीक्षण गर्नुपर्ने गरी नयाँ मापदण्ड बनेको छ ।

Gas Cylender new law

विशेष