अपराध सुरक्षा

अनुगमन टोलीद्वारा ‘स्टार मिट प्रोडक्ट’मा रहेको ५ सय मासु नष्ट

अनुगमन टोलीद्वारा ‘स्टार मिट प्रोडक्ट’मा रहेको ५ सय मासु नष्ट
कात्तिक - ९ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले कालीमाटीस्थित ‘स्टार मिट प्रोडक्ट’मा रहेको ५ सय ४ किलो मासु तथा तयारी ससेज नष्ट गरेको छ । अनुगमनका क्रममा कालीमाटीमा पुगेको टोलीले स्टार मिट प्रोडक्टमा राखिएको मासु खानका लागि अयोग्य ठहर भएपछि नष्ट गरेको हो । व्यवसायी, अनुगमन टोली, स्थानीय प्रशासन र सञ्चारकर्मीको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको रोहवरमा उक्त मासु नष्ट गरेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए। उक्त पसललाई आजकै मितिदेखि कारोबार रोक्का गरी महानगरीय प्रहरी वृत्त कालीमाटीलाई कडाइका साथ निगरानी राख्न निर्देशन दिँदै तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा आउन निर्देशन दिएको छ । त्यसैगरी फ्रेस फ्रुटी एन्ड जुस सप मीनभवनबाट कुहिएको १० किलो फलफूल नष्ट गर्नुका साथै उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ । विभागले आज मात्रै काठमाडौँ उपत्यकाको विभिन्न ३९ वटा पसलको अनुगमन गरेको थियो । अन्य पसलबाट पनि मिति सकिएको र खानका लागि अयोग्य चाउचाउ र केही चिसो पेयपदार्थ नष्ट गरेको विभागले जानकारी गराएको छ ।

anugaman meat shop

विशेष