अपराध सुरक्षा

भारतमा महिला इन्जिनियरलाई कुर्सीमा बाधेर जिउँदै जलाइयो

भारतमा महिला इन्जिनियरलाई कुर्सीमा बाधेर जिउँदै जलाइयो

7726_murder-india कात्तिक १० । भारतको विहारमा एउटा यस्तो दर्दनाक घटना सार्वजनिक भएको छ । जुन कुरा सुन्दा पनि आङ नै सिरिङ्ग हुन्छ । घटना हो, विहारको मजफ्फपुरको । जहाँ एक महिला इञ्जिनियरलाई एउटा कुर्सीमा बाँधेर जिउँदै जलाई दिएका थिए । सरिता देवी नाम गरेकी ती महिला इञ्जिनियर जलिरहेको अवस्थामा स्थानीयबासी देखेपछि तुरुन्तै प्रहरीमा खबर गरेका थिए । मृतककी आमाले जलेको कुर्सीसँगै रहेको चप्पल देखेपछि उनी आफ्नी छोरी रहेको बताएकी थिइन् ।

घटनापछि प्रहरीले खोजतलास गर्दा उक्त स्थानमा जलेका हड्डीहरूसमेत भेटिएका थिए । जसले गर्दा ती महिलाको जलाएर हत्या भएको पुष्टि भएको थियो । प्रहरीले घटनास्थलनजिकबाट एउटा सुसाइड नोटसमेत फेला पारेको छ । तर प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त घटना आत्महत्या नभई हत्या भएको निष्कर्श निकालेको छ ।

मृतककी आमाले उनकी सहकर्मीहरूमाथी शंका गरेकी छन् । प्रहरीले अनुसन्धानका क्रममा घर मालिकसँग पनि सोधपुछ गरेको छ । मृतक सरिता देवीको तीन वर्षअघि नेपालसँग सीमा जोडिएको एक गाउँमा विवाह भएको थियो । तर पछिल्लो समय आफ्नो श्रीमान्सँग मनमुटावको अवस्था श्रृजना भएपछि उनी छोरालाई लिएर छुट्टै बस्दै आएकी थिइन् ।

Woman Marder

विशेष