अर्थ

भारतले जुम्लामा २ कराेड लगानी गर्ने

भारतले जुम्लामा २ कराेड लगानी गर्ने
कात्तिक - ११ । साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ । jumla विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण भएको २०० किलोवाट बत्ती घटेर १०० किलोवाट पुगेको छ । अहिले उपभोक्ता बढेर दुई हजार ७०० पुग्दा विद्युत्भार कटौतीको चरम मार खेप्नुपरेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर महतले जानकारी दिए । “यही समस्यालाई गम्भीरताका साथ लिएर हामीले भारतीय दूतावासमा सहयोगका लागि अनुरोध गरेका थियौँ, सोहीअनुसार साना जलविद्युत् पुनःनिर्माणका लागि दूतावासले सहयोग गर्ने भएको छ र सम्झौता पनि भइसकेको छ” – उनले भने । राजेश ट्रान्सफर्मर उद्योग प्रालि धनगढीबाट आएको विज्ञ टोलीका प्रमुख पुस्करलाल दुवेदीले विद्युत्को लगत स्टिमेट तीन करोड १० लाख १० हजार लाग्ने प्रतिवेदन समितिलाई बुझाएको बताए ।

bharatle jumlama lagani garne Jumla

विशेष