म्याद नाघेको भटमासको तेल बेच्ने पक्राउ

कात्तिक - ११ । बाराको निजगढमा रहेको इशा सप्लायर्सको गोदाममा जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार छापा मार्दा म्याद नाघेको झण्डै ४० लाख रुपैयाँ बराबरको भटमासको तेल बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले निजगढ नगरपालिका–८ मा रहेको इशा सप्लायर्सको गोदाममा छापामार्दा म्याद नाघेका १७ हजार लिटर भटमासको तेल बरामद गरेको हो ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको नेतृत्वमा खटिएको टोलीले भारतीय सदाबहार ब्राण्डको भटमासको तेल बरामद गरेको हो । सप्लायर्सका सञ्चालक रमेश दंगाललाई पनि पक्राउ गरिएको उनले बताए ।
इशा सप्लायर्सले म्याद नाघेको सोयाबिन तेल ग्यालेनमा खन्याएर बेच्ने गरेको सूचनाको आधारमा बिहीबार गोदाममा छापा मारिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बरामद तेल इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।
Bara
bhatmash ko tel bechne pakrau
Pakrau
