अपराध सुरक्षा

नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ

नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ
कात्तिक – ११ । नेपाली नागरिकता लिने एक भारतीय नागरिकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । झुठ्ठा विवरण पेस गरी दोहोरो नागरिकता लिन खोजेको आरोपमा उनलाई पक्राउ गरेको हो । hatkadi भारतको गुजरात घर भई हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएका श्यामलाल सरावगी (सरोगी) महाशाखले पक्राउ गरेको हो । उनले २०३९ सालमा बंशजको आधारमा नागरिकता लिएका थिए । श्यामलालले बंशजको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ११३५९ नं.को नेपाली नागरिकता लिएको भेटिएको हो । उनले २००९–०१–३० मा भारतको निर्वाचन आयोगबाट मतदाता कार्ड नं. जेडसीयू १३०९९५४ को परिचयपत्र लिएको प्रमाण भेटिएको महाशाखाले जनाएको छ । महाशाखाले श्यामलाललाई दोहोरो नागरिकता लिएको आधारमा नागरिकता ऐन २०६३ अनुसार थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको जानकारी दिएको छ ।

nagarikta line bharatiye pakrau

विशेष