अपराध सुरक्षा

मानव बेचबिखन र ठगीमा संलग्न मोस्ट वान्टेड व्यक्ति पक्राउ

मानव बेचबिखन र ठगीमा संलग्न मोस्ट वान्टेड व्यक्ति पक्राउ
कात्तिक - ११। मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा छत्र बहादुर विश्वकर्मालाई महानगरीय अपराध महाशाखाले ललितपुरको बागडोलबाट पक्राउ गरेको छ । hatkadi नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली हुँदै कुवेत, ओमन, कुर्दिस्तान लगायतका देशमा लैजानी भननि मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा महाशाखाले पक्राउ गरेको हो । उनी महानगरीय अपराध महाशाखाको मोस्ट वान्टेड सूचीमा रहेका थिए । विभिन्न व्यक्तिहरुको नाममा जारी भएको राहदानी थान, १०नगद रु।१ लाख २९ हजार, मोबाईल थान २, एउटा मोटरसाइकल, विभिन्न बैंकका एटिएम कार्ड ८ थान, बैंक तथा आईएमईका भौचर १२ थान बरामद भएको महाशाखाले विज्ञप्ती जारी गरी जानकारी दिएको छ । उनी विगत १५ वर्षदेखि मानव बेचविखनमा संलग्न हुँदै आइरहेका थिए । उनले भारतको दिल्लीलाई केन्द्र बताए नेपाल, ओमन, कुवात, कुर्दिस्तान लगायतका देशसम्म प्रत्यक्ष संजाल विस्तार गरे मानव ओसारपसार गर्ने गरेको महाशाखाले जानकारी दिएको छ । उनले क्यानडा पठाइदिन्छु भन्दै ४ जनासँग बाट ६० लाखभन्दा वढी रकम लिएर भातरको दिल्लीमा पुर्याएर अलपत्र पारेका थिए । दुई जनालाई दुबईमा सेक्युरिटि गार्डमा काम लगाइदिन्छु भन्दै सात लाख भन्दा वढी ठगी गरेको महाशाखाले जनाएको छ । महाशाखाले विश्वकर्मालाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।  

chattrabahadur shrestha manab bechbikhan pakarau

विशेष