अपराध सुरक्षा

सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण तीव्र

सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण तीव्र
कात्तिक - ११ । सङ्घीयता कार्यान्वयन गर्न बनाउनुपर्ने आवश्यक कानुन तीव्र रुपमा निर्माण भइरहेको छ । न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक पर्ने ११० कानुनमध्ये २८ विषयका कानुन व्यवस्थापिका–संसदद्वारा पारित भइसकेको र ३९ विधेयक विचाराधीन रहेको आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए । संविधान कार्यान्वयनसँगै सङ्घीयता कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने १३८ कानुनमध्ये ११० विषयमा सङ्घीय कानुन, २२ विषयमा प्रदेश कानुन र छ विषयमा स्थानीय कानुन निर्माण भइरहेका छन् । मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले कानुन मन्त्रालयले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन तीव्र गतिमा निर्माण गरिरहेको बताए । मन्त्री अजयशङ्कर नायकले संविधान कार्यान्वयन नै सङ्घीयता कार्यान्वयन भएको उल्लेख गर्दै आवश्यक पर्ने कानुन निर्माण तीव्र रुपमा भइरहेको बताए । निर्वाचनसम्बन्धी ऐन समयमै निर्माण हुने जानकारी दिँदै उनले संविधान संशोधन गर्ने विषयमा सीमाङ्कन, नागरिकता लगायत विषयमा दलबीच सहमति भएपछि मात्र संशोधन गर्न सकिने स्पष्ट गरे ।

ajashankara nayak kanun nirman

विशेष