अपराध सुरक्षा समाज

बाल विवाह गर्ने र गराउने कारागार चलान

बाल विवाह गर्ने र गराउने कारागार चलान

bal-bibaha कात्तिक १२ । खोटाङमा बालविवाह मुद्दामा तीन जना दाजुभाईलाई कारागार चलान गरिएको छ । अढाई वर्ष अघि भएको बालविवाह मुद्दामा जाल्पा ६ का ३५ वर्षिय जापान राई, २४ वर्षिय मदन राई र २० वर्षीय भालाकाजी राईलाई जिल्ला अदालतको निर्णय अनुसार कारागार चलान गरिएको हो ।

विवाहका लागि उमेर नपुगेकी किशोरीसँग विवाह गरेको भन्दै भलाकाजी र विवाहमा सहयोग गरेका दाजु जापान राई तथा मदन राई विरुद्ध प्रहरीमा माइती पक्षले उजुरी दिएका थिए । तीन दाजुभाइलाई गएको साउन २५ गते जनही ५ हजार जरीवाना र एक एक महिना कैद सजाय तोकेको थियो ।

अदालतको निर्णयको दिनबाटै फरार अभियुक्तलाई गत बुधबार जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले बताए । पक्राउ लगत्तै उनिहरुलाई अदालतमा उपस्थित गराईएको र अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो ।

Bal Bibaha

विशेष