अपराध सुरक्षा

सर्वोच्चले तिहारमा पनि बन्दीकाे मुद्दा सुनुवाइ गर्ने

सर्वोच्चले तिहारमा पनि बन्दीकाे मुद्दा सुनुवाइ गर्ने
कात्तिक - सर्वाेच्च अदालतले तिहार पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भएको छ । तीनदिनभन्दा बढी अदालत बन्द रहने भएमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने कानुनी व्यवस्थाअनुसार तिहार पर्वमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । सो अवधिमा सर्वोच्च अदालतसहित मातहातका अदालतहरुमा पनि बन्दीको मुद्दामा सुनुवाइ हुनेछ । शनिबार र भाइटीकाको दिनबाहेक अरु दिन अदालत खुल्ला रहनेछ । सर्वोच्च अदालतले सो अवधिमा न्यायाधीश सपना मल्ल प्रधान रहेन जानकारी दिएकाे छ ।

Adalat

विशेष