अपराध सुरक्षा

म्याद गुज्रेका औषधिसहित सिनियर सिअहेब पक्राउ

म्याद गुज्रेका औषधिसहित सिनियर सिअहेब पक्राउ
कात्तिक १३ । सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६०२ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। आवश्यक अनुसन्धानका लागि सो स्वास्थ्य कार्यालयमा कार्यरत सिअहेब आनन्दलाल यादवलाई नियन्त्रणमा लिइएको छ । काठ बरामद हर्दिया गाविसबाट काठसहित शुक्रबार सात जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा इप्रका, भेडियाबाट खटिएको प्रहरी टोलीले हर्दिया गविस–२ बस्ने रामप्रित चौधरीका घरमा लुकाइराखेको ५।८ क्युविक फिट सखुवाको काठसहित उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तलाई शुक्रबार नै इलाका वन कार्यालय, दौलतपुरमा आवश्यक कारबाहीका लागि बुझाइएको जिप्रका, सप्तरीले जनाएको छ । यस्तै जिल्लाका विभिन्न ठाउँबाट ठूलो परिमाणको पटाका बरामद गरिएको छ । रासस

date expiry medicine Jail

विशेष