अर्थ

झिनिया रोटीको कारोबारमा बृद्धि

झिनिया रोटीको कारोबारमा बृद्धि
कात्तिक - १३ । तिहारका बेला चामलको पीठोबाट उत्पादित झिनिया रोटीको कारोबारमा बृद्धि हुने भएको छ । भाइटिकामा रोटीको परिकारमध्ये एक मानिने झिनियारोटीको खपत बढी हुने गर्छ । jhiniyako-roti पाल्पा तानसेनको टक्सारमा उत्पादित झिनिया रोटी चामलको पीठोलाई पकाएर मसिना प्वाल भएको साँचोबाट पीठोको रेसा निकालिन्छ । त्यसलाई चाउचाउ जस्तै गोलो आकारमा निर्माण गरी दुईतिन दिनसम्म घाममा सुकेपछि झिनिया बजारमा बेच्न योग्य हुने गर्दछ । तानसेनको टक्सारमा उत्पादित झिनियाले तिहारका बेला राम्रो बजार पाउँदा झिनिया उत्पादन गर्ने यहाँका महिलाको आयआर्जन समेत बढ्न थालेका छन् । फुर्सुदका बेला झिनिया उत्पादन गर्दै आएका महिलाले रु दुई सय ५० मा एक दर्जन साना साइजका झिनिया बेच्दै आएका छन् । एक दर्जन ठूला साइजका झिनियालाई रु। तीन सयदेखि रु चार सय सम्ममा बिक्री हँुदै आएको झिनिया व्यवसायी कमलादेवी श्रेष्ठ बताउछन् । झिनिया व्यवसायीले तिहारका बेला रु पाँच देखि सात लाखसम्म आम्दानी गर्दै आएका छन् । अन्य महिनामा भन्दा तिहारका बेला यसको कारोबार बढी हुने गरेको उनीहरू बताउँछन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रुपमा झिनिया तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाको कारोबार उच्च हुँदै गएको हो । पाल्पा जिल्लाबाट उत्पादित झिनिया गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहु लगायतका जिल्लामा ठूलो मात्रमा आयात हुँदै आएको झिनिया व्यवसायी बताउँछन् । जिल्लामा यो व्यावसायवाट दुई सय भन्दा बढी महिलाले रोजगार पाएका छन् । जिल्लाभर रु। पाँच करोड मूल्य बराबरको झिनियाको कारोबार हुने गरेको पाल्पा उद्योग वाणिज्य सङ्घका महासचिव यादव कार्कीले जानकारी दिए । तानसेनको टक्सारमा उत्पादित झिनियाको व्यापार फस्टाउन थालेपछि अहिले जिल्लाका ग्रामीण क्षेत्रमासमेत महिलाले झिनिया उत्पादन गर्दै आएका छन् । फुर्सुदका समयमा उत्पादित झिनियाले महिलालाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुरयाएको हो ।

Jhiliya roti Palpal

विशेष