अर्थ शेयर

नेप्से २३ अङ्कले अाेर्लियाे

नेप्से २३ अङ्कले अाेर्लियाे
कार्तिक १३ - गत साता ९ अङ्कले घटेको नेप्से यस साताको अन्तिम दिन २३ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२ दशमलव ६८ अङकले घटेर अन्तिम दिन एक हजार ७५९ दशमलव ७१ अङ्कमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट रु चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३३ हजार ५७० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७ दशमलव शुन्य ५ प्रतिशत बढी हो । गत साता १४९ कम्पनी १७ हजार १७८ कारोबारबाट रु तीन अर्ब एक करोड २८ लाख ५३ हजार बराबरका ३८ लाख ८८ हजार दुई सय कित्ता सेयर खरिद बिक्री भएका छन् । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव २३ अङ्कले घटेर ३८१ दशमलव १५ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमको आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् । त्यसैगरी कारोबार भएको सेयर सङख्याका आधारमा तथा कारोबार सङ्ख्याका आधारमा पनि माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् । यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस

share bajar share bajar loss

विशेष