मलाई ‘लो प्रोफाइल’ भनेर दुवई जान दिइएन, लाग्यो यो देश डाँकाहरुले नै चलाएका रहेछन्
विदेश जान भनेर म्यानपावरको दैलो चाहार्दा–चाहार्दाै एक जोर जुत्ता फाटिसकेका थिए । उपत्यकाका प्रायः सबै म्यानपावरको दैलाे ढकढक्याइ सकेकाे थिएँ । उपत्यकाका कुनै पनि म्यानपावरले मलाई विदेश पठाइदिने कुरामा चासाे देखाएनन् । किनकि म सरकारले लगायकाे नयाँ नियम 'फ्रि भिसा फ्रि टिकेट'मा कुनै म्यानपावरले विदेश पठाउला कि भन्न्दै निरन्तर म्यानपावर धाइ रहेँ ।
सरकारले फ्रि भिसा फ्रि टिकेटकाे नियम लगाउनु पूर्व नै वैदेशिक राेजगारमा ८ वर्ष बेचेर अाएकाे अनुभव थियाे मसँग । ती अनुभवका प्रत्येक पाना पल्टाउँदै मैले गरेका कामहरु म्यानपावरका कर्मचारीलाई अर्थ्याउँथेँ । दैनिक जसाे टेलिभिजन देखाइने र रेडियाेमा बजाइने विज्ञापनमा जस्तै फ्रि भिसाकाे पर्खाइमा थिएँ मा । किनकि त्यहाँ भनिन्थ्याे 'सरकारले फ्रिमा खाडी मुलुकम पठाइरहेको छ ।'
तर मेरो केही पनि चलेन । मसँग कामकाे अनुभव हुँदा हुँदै पनि विदेश पठाउन कसैले मानेन । किनकि सरकारले दिएकाे अधिकारकाे प्रयाेग गर्ने चाहन्थेँ म । सरकारले तोकेको मापदण्डमा विदेश जान चाहन्थे । र म पूर्ण नियम पालन गरेर श्रम गर्न चाहन्थेँ । म एक्लो ब्यक्ति ती म्यानपावरको अगाडि निमुखो जस्तो भएँ ।
एक जना भाइले भन्याे - 'दाइ त भिजिट भिसामा विदेश दुबई आइज ।' मलाई पनि लाग्यो - 'हो यहांँका म्यानपावर धाउनु भन्दा पनि म विदेशको अनुभव थोरै भए पनि छ । दुबईबाट भिजिट भिसा मगाएर अब जानै पर्ने भयो ।' म भिजिट भिसामा दुबई जान तयार भएँ । दुबईबाट भिसा आयो २८ जुन २०१५ मा । खुसी लाग्याे म किनकि अब विदेश जाने भएँ । दुबईबाट आएको भिसा लिएर एउटा म्यानपावरमा देखाएँ । याेभन्दा पहिला भिजिट भिसामा कतै नगएकाेले यसकाे विषयमा त्यति राम्राे जानकारी थिएन । म एकपटक यसकाे बारेमा राम्राेसँग जानकारी लिन चाहेकाे थिएँ । म्यानपावरका कर्मचारीले भने - 'यसका लागि तपाईले सेटिङ गर्नुपर्छ एरपोर्टमा नत्र जान दिदैनन् ।' फेरि एकै क्षणमा निरास बने ।
मलाई लाग्यो उसले पैसा खाने याेजना बनाउँदै छ । म थुक्क थिएँ । किनकि मसँंग भएको सबै कागजात ठीक थिए । सबै कागजात लिएर टिकट काट्ने काउंटरमा गएर कतार एरवेजको टु वे टिकट काटेँ । १३ जुलाई २०१५ अर्थात आषढ २८ गते २०७२ राति नाैँ बजेकाे फ्लाइट तय भयाे ।
ताेकिएकाे समयमा त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा पुगेँ । दुबईकाे लागि कतार एरवेजले उडान भर्दै थियाे । काजगत पत्र परीक्षण गराउँदै जाँदा त्यहाँ साेधियाे - ‘तपाईको सेटिङ छ कि छैन ?’ मैले कुनै सेटिङ गरेकाे थिइन ।
सेटिङ गरिएका मानिसहरुलाई ११ नम्बर गेटमा जानु पर्ने रहेछ । त्यहांँबाट मात्र सेटिङमा भएका युवाहरुलाई मात्र भित्र छिराउने रहेछन् ।त्यसमा म परिनँ । किनकि मसंँग सबै कागजातहरु थिए तर सेटिङ थिएन । सेटिङका लागि पैसा खुवाउन पर्ने त्याे मैले गरिन । बोडिङपास लिन पनि गेटमै बसेका प्रहरीले राेके । गेटमा बसेका एक प्रहरीले भने- 'माथिबाट कसैले भनेको छैन् ।'
त्यसो भन्दाभन्दै तपाईले माथि कसको आदेश मान्नु पर्ने हो भन्दै म अटेरी हुँंदै भित्र छिरेँ । उनलाई थाहा थियो मसँंग सबै कागजपत्र छन् भने । त्यसपछि उनले रोक्ने प्रयास गरेनन् ।
बोर्डिङपास लिने काउन्टरमा पुगेँ । त्यहाँं पुगेर थाहा भयो– नेपालीको लेभल त्यहाँं चेक हुदो रहेछ । टिकट चेक गर्नेले भने - 'तपाईको टिकट ठीक छ तर तपाईको ‘प्रोफाइल लो’ छ तपाई जान पाउनु हुन्न ।' त्यसपछि मैले उनलाई सोधे 'के हो यो ‘प्रोफाइल लो’ भने ?' उनले उत्तर दिए 'तपाई टिकट काटेको ट्राभललाई फोन गर्नुहोस थाहा हुन्छ ।' फेरि त्यहाँ अर्काे कुरा आयो बीस हजार रुपैयाँ थप्नु पर्ने । त्यसपछि मात्र मैले बाेडिङ पास पाउने भए । त्यहाँ मैले बीस हजार त के २० रुपैयाँ पनि तिर्ने क्षमता थिएन ।
तपाईले २० हजार तिर्नु भएन । तपाई जान पाउनु हुन्न भन्दै उनीहरुले फर्काए । त्यस पछि मैले मेरो ‘लो प्रोफाइल’ के हो त भन्दै कतार एरवेजको काउन्टरमा गएँ ।
त्यहाँं कसैले मैले बुझ्ने तरिकाले मेराे लाे प्राेफइलकाे बारेमा बताएन । म बिदेश जान नपाउने भएपछि मैले काटेकाे टिकेटकाे पैसा फिर्ता दिन अाग्रह गरेँ । उनीहरुले टिकेट काटिदिने ट्राभल्समा पठाए । ट्राभल्सले भन्यो तपाईको क्यान्सिलेसन चार्ज सहित तपाईले १०० डलर पनि फाइन तिर्नु पर्छ भन्दै लगभग ७५ प्रतिशत पैसा कटाएर बाँकी फिर्ता पाएँ ।
म ठगिएकाे बिषयमा उजुरी दिन नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा टेकुमा पुगे । त्यसपछि हेलो सरकारलाई उजुरी गरे । अख्तियार अनुसन्धान आयोगमा उजुरी गरेँ । तर अझै मैले बुझ्न सकिन 'के हो नेपालीको ‘लो प्रोफाइल’ भनेको र किन फर्काइयो मलाई एरपोर्टबाट ।'