अपराध सुरक्षा

होशियार ! पड्का पड्काउने र जुवा तास खेल्दै हुनुहुन्छ, यसरी पर्नुहोला प्रहरीको फन्दामा

होशियार ! पड्का पड्काउने र जुवा तास खेल्दै हुनुहुन्छ, यसरी पर्नुहोला प्रहरीको फन्दामा
अपराध सुरक्षा 


pataka-and-juwa-tass

कात्तिक - १५ । काठमाडाैँलगायत देशको विभिन्न ठाउँमा तिहारको समयमा पटका पड्काईन्छ । दिपावलीकाे समयमा छिलिमिलि बत्ति पनि बालिन्छ । तर, चाडपर्वको नाममा हुने यस्तो गतिविधीले बेला बेला दुर्घटना पनि हुने गरेकाे छ । लक्ष्मीपुजाको दिन बालेको बत्तिले देशको विभिन्न ठाउँमा आगलागी भएर करौडौ धनमालको नष्ट भएको छ । अहिले काठमाडाैँ महानगरपालिकाले नगरपालिका क्षेत्रभित्र पडका पड्काउन प्रतिबन्ध लगाएको छ । तर, पड्का पड्काउन भने रोकिएको छैन । पटकका पड्काउन राेक्न प्रहरीले मात्र नसक्ने बताउँछन् महानगरीय प्रहरी प्रबक्ता हेमन्त मल्ल । उनी भन्छन ‘हामीले धेरै पड्का व्यावसायीहरुलाई कारबाही गरिसकेका छौ । अझै हामीले प्रहरी जवानहरु सादा पोशाकमा खटाएका छौ । तर, यो जिरोमा पुर्याउन प्रहरीले मात्र गरेर सम्भव छैन ।’

तर, चाडपर्वको नाममा हुने यस्तो गतिविधीले बेलाबेला दुर्घटना पनि हुने गरेकाे छ । लक्ष्मीपूजाको दिन बालेको बत्तिले देशको विभिन्न ठाउँमा आगलागी भएर कराेडौँ धनमालको नष्ट भएको छ ।

प्रहरी प्रवक्ता मल्लका अनुसार पड्का पड्काउने व्यावसायीलाई सार्वजानीक अपराध र विस्फोटमा कारबाही गरिन्छ । त्यसैगरी पड्का पड्काउदै गरेको अवस्थामा कोही फेला परेमा उसलाई पनि विस्फोटक पदार्थ अन्र्तगत कारबाही गर्ने गरिन्छ । असोज २९ गतेदेखि अहिलेसम्म काठमाडाैँमा प्रहरीले ४४ हजार ९ सय १३ थान पडका बरामत गरेको छ । त्यस्तै ६४ प्याकेट, १७ बोरा र १ कार्टुुन पटका बेग्लाबेग्लै स्थानबाट बरामाद भएकाे छ । साेमबार मात्रै प्रहरीको टोलीले १२ हजारथान पडका थानकोटबाट बरामत गरेको प्रहरी प्रवक्ता मल्ल बताउँछन् उनी भन्छन् ‘पडका व्यापार गर्ने र पड्काउने सबैलाई कारबाही हुन्छ । सादा पोशाकमा प्रहरीले निगरानी गरिरहेका छन । पक्राउ परेमा विस्फोटमा मुद्दा चलाउछौ ।’ त्यसैगरी तिहारको अवधीमा जुवातास खेल्नेलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रवक्ता मल्लका अनुसार तिहारको अवधीमा १५९ जना तास खेल्नेलाई प्रहरीले हिरासतमा राखेर छोडेको छ । त्यसैगरी जुवा खेल्दै गरेको अवस्थामा ५३ लाख ६ हजार ६ सय ६६ रुपैया पैसा पनि बरामद गरेको छ । उनी भन्छन ‘चाडपर्वको नाममा मनपरी गर्नेलाई छोडिन्न ।’
 

Juwa tass pataka tihar

विशेष