अपराध सुरक्षा

भोजपुरे होटलमा गोली चल्दा दुई घाइते

भोजपुरे होटलमा गोली चल्दा दुई घाइते
अपराध सुरक्षा/इटहरी

कार्तिक - १६ । इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् । घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ लगिएको र गोली चलाउने थापा फरार भएकाले उसको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । घटनास्थलबाट पड्किएको चारवटा गोलीको खोकासमेत प्रहरीले बरामद गरेको छ । रातभर जुवा, तास खेल्ने क्रममा झगडा हुँदा गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

Bhojpure hotel in itahari Itahari

विशेष