अर्थ

दाङबाट १० लाख राजस्व सङ्कलन

दाङबाट १० लाख राजस्व सङ्कलन
अर्थ/बजार/दाङ

कात्तिक – १६ ।  ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०७३/७४ को कात्तिक १५ गतेसम्ममा १० लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक देवबहादुर केसीका अनुसार उक्त अवधिमा एक हजार आठ सय सवारी साधनका चालकलाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो । कार्यालयले साउनमा ६ सय सवारी साधनका चालकबाट तीन लाख ४४ हजार, भदौमा ४ सय ११ सवारीका साधनका चालकबाट दुई लाख ४५ हजार तथा असोजमा तीन सय ८९ सवारी साधनका चालकलाई कारबाही गरी दुई लाख २३ हजार राजस्व सङ्कलन गरेको छ । यस्तै कात्तिक १५ गतेसम्ममा चार सय सवारी साधनका चालकलाई कारबाही गरी एक लाख ९९ हजार राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

dang Traffic fine in dang

विशेष