अपराध सुरक्षा

लुटेको हतियार प्रहरीलाई फिर्ता गरियो

लुटेको हतियार प्रहरीलाई फिर्ता गरियो
कात्तिक - १७ । सुर्खेतको आग्रीगाउँस्थित देउराली प्रहरी चौकी आक्रमण गरी हातहतियार समेत कब्जा भएको छ । चौकी आक्रमण गर्ने र सरकारी हातहतियार लुट्ने कुनै भूमिगत समूह नभएर स्थानीय जनता नै रहेका छन् । करिब ३० जनाको सङ्ख्यामा घरेलु हतियारसहित आएका स्थानीय युवाले चौकीबाट तीन वटा राइफल, दुई सय थान गोली, चाइनिज पेस्तोल, हतकडी लुटेका हुन् । उनीहरुले चौकी आक्रमण गर्नुको कारण पनि सामान्य नै छ । क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल भन्छन, ’रक्सीको विषयमा प्रहरी र स्थानीय केही युवाबीच भएको विवादले यो रुप लियो ।’ एक प्रहरी जवान र युवाबीच सामान्य झगडा भएपछि त्यसले विस्तारै उग्ररुप लिन थालेको नेपालले बताए । त्यसको केही बेरमा नै स्थानीय जम्मा भएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अहिले प्रहरीले स्थानीयले लुटेका हातहतियार फिर्ता गरिसकेको छ । हतियार लुटपाटमा संलग्न रहेकोमा सात जनालाई पक्राउ गरेको नेपालले जानकारी दिए ।

Police raifal Surkhet

विशेष