अपराध सुरक्षा

स्थानीयवासीले लुटेका हतियार पुनः प्रहरी नियन्त्रणमा

स्थानीयवासीले लुटेका हतियार पुनः प्रहरी नियन्त्रणमा
 अपराध सुरक्षा / सुर्खेत

कात्तिक – १७ ।  सुर्खेतको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीयवासीले लुटेका हतियार प्रहरीले पुनः आफ्नो नियन्त्रणमा लिएको छ। मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालका अनुसार, करिब ३० जनाको संख्यामा रहेका स्थानीयले घरेलु हतियारसहित प्रहरी चौकीमा आक्रमण गरी प्रहरीको हतियार खोसेका थिए। उनका अनुसार, स्थानीयले चौकीमा रहेको दुई थान राइफल, चाइनिज पेस्तोल एक थान, हतकडी एक थान र करिब १५८ राउण्ड गोली लुटेकोमा प्रहरीले सो हतियार अहिले आफ्नो नियन्त्रणमा लिइसकेको छ। गएराति रक्सी सेवन गरेका युवा समूह र एक जना चौकीका सिपाहीबीच विवाद भएको केही समयपछि स्थानीयको समूहले चौकीमा आक्रमण गरी तोडफोड गर्नुका साथै ति हतियार लुटेका थिए । सो घटनापछि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षकको कमाण्डमा सर्च अप्रेशन भइरहेको उनले जानकारी गराए।
 

hat hatiyar Shurkhet

विशेष