काष्ठमण्डप डेभलपमेन्ट बैंकले शेयरधनीहरूलाई सेयर वितरण गर्दै

कात्तिक १८ । काष्ठमण्डप डेभलपमेन्ट बैंकले शेयरधनीहरूलाई चार कित्ता शेयर बराबर एक कित्ता शेयर (४ः१) को अनुपातमा हकप्रद सेयर दिने भएको छ ।
सय रुपैयाँ अंकित १६ लाख ९९ हजार ७ सय ४१ दशमलब ७० कित्ता हकप्रद साधारण शेयर लगानीकर्तालाई दिन लागेको हो । कात्तिक २६ गतेदेखि बिक्री खुल्ला हुने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एन।सि।एम। मर्चेण्ट बैंकिङ्ग रहेको छ ।
Janata Bank
Share