अपराध सुरक्षा

लोकमानविरुद्ध अदालतकाे मानहानी मुद्दा दायर

लोकमानविरुद्ध अदालतकाे मानहानी मुद्दा दायर
अपराध सुरक्षाा/काठमाडाैँ 

कात्तिक–१८ । म्यादतामेलीमाअवरोध गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका सहयोगीहरुविरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना मुद्दा’ दर्ता भएको छ । म्याद तामेलीमा अवराेध गरेकाे भन्दै उनीहरु विरुद्ध सर्वाेच्चमाे मुद्दा दायर गरिएकाे हाे । म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐन अनुसार १५ दिन कैद, १ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने गरेको छ ।अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वाईं प्रवल थापालगायत ४ जना र अन्य ‘प्रतिकार समूह’ले म्याद तामेलीमा अवरोध गरेकाले उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरी पत्र दर्ता गराएका हुन् । दुई पटकसम्म विभिन्न कारणले रोकिएको कार्कीकोे म्याद तामेली स्थानीय टोलका युवाहरुले अवरोध गरेपछि असफल भएको थियो । यसअघि म्याद तामेलका लागि खटिएका तामेलदार शम्भु खत्रीले आफूले नसकेको प्रतिवेदन दिएपछि सर्वोच्चले नयाँ तामेलदार खटाएको थियो ।
 

Lokman Sing Karki Sarbacho Adalat

विशेष