अर्थ

सुनको मूल्य ८ सयले बढ्यो

सुनको मूल्य ८ सयले बढ्यो
कात्तिक १९ । नेपाली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा शुक्रबार प्रतितोला आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्रा्ष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण यहाँ पनि मूल्य वृद्धि भएको हो। गत शुक्रबार बजारमा सुन प्रतितोला रू ५६ हजार ७०० मा कारोबार थियो । शुक्रबार सुनको मूल्य रू ५७ हजार ५०० कायम भइ कारोबार भएको छ । तेजावी सुनको मूल्य गत साता ५६ हजार ४५० मा कारोबार भएकामा आज प्रतितोला ५७ हजार २५० मा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य गत साताको तुलनामा प्रतितोला ३० ले वृद्धि भइ शुक्रबार ८४० कायम भएको छ । सामान्य अवस्थामा सुन दैनिक १० किलो कारोबार हुँदै आएकामा तिहारमा दैनिक ३० किलो कारोबार भएको सङ्घले जनाएको छ ।

gold prize Sun ko mulya

विशेष