अपराध सुरक्षा

प्रेमिकाको हत्या आरोपित प्रेमीले गरे आत्महत्या

प्रेमिकाको हत्या आरोपित प्रेमीले गरे आत्महत्या
कात्तिक १९ । जिल्ला कारागार भरतपुरमा एक कैदीले आत्महत्या गरेका छन् । एक महिलाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका धादिङ बुम्दी गाविसका २६ वर्षीय हेमबहादुर थापाले कारागारभित्रको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुँवरले जानकारी दिए । कारागारको कैदीबन्दी कक्षमा नै मुढा बुन्ने डोरीको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीको दाबी छ । दुई महिनाअघि जिल्लाको पोखरा बसपार्कस्थित होटल कलशमा प्रेमिकाको हत्या गरेको अभियोगमा उनी कारागार चलान भएका थिए । बिहान ८ बजेतिर ख ब्लकबाट क ब्लकको ट्वाइलेटमा गई आत्महत्या गरेको प्रहरीले बताएको छ । मृतकलाई पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा लगिएको छ । उनी लामो समयदेखि मानसिक तनावमा रहे पनि आत्महत्याको कारण भने खुल्न नसकेको कुँवरले बताए ।

atmahatya bharatpur jhundiyera

विशेष