अर्थ

२७ गाउँका बासिन्दालाई मुआब्जा दिएर खाली गरिँदैछ बुढीगण्डकीको प्रस्तावित जलाशय

२७ गाउँका बासिन्दालाई मुआब्जा दिएर खाली गरिँदैछ बुढीगण्डकीको प्रस्तावित जलाशय

budhigandaki

कात्तिक २० । १ हजार २ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने जनतालाई अबको १० दिन भित्र मुआब्जा वितरणको दिइने भएकोछ ।

मुआब्जा निर्धारण समितिका अधिकारीहरुका अनुसार जग्गा वर्गिकरणको काम भइसकेपछि यसै महिनाको अन्तिमबाट मुआब्जा वितरण कार्य शुरु हुन लागेको हो । देशकै ठूलो जलाशययुक्त आयोजना हुने यो जलविद्युत आयोजनाको लागि जग्गा अधिग्रहणको काम निकै चूनौतीपूर्ण मानिएको थियो ।

बुढिगण्डकीको नदि किनारमा धादिङ र गोरखाका व्यक्तिको नाममा झन्डै ६७ हजार रोपनी जग्गा रहेको छ । उक्त जग्गाको मुआब्जा वितरणका लागि प्रक्रिया बल्ल शुरु हुन लागेको छ ।

मुआब्जा समीतिले झन्डै एक वर्ष लगाएर मुआब्जा वितरणको वर्गीकरण प्रणाली तयार पारेको हो । समितिका संयोजकका अनुसार दशैँ अघि नै उनीहरुले मुआब्जा दिने योजना बनाएपनि प्रयास सफल हुन सकेन । त्यसकारण समितिले मंसिर लाग्नु अघि नै मुआब्जा वितरण गर्ने कामलाई लक्षित गरेको छ ।

मुआब्जा वितरणका लागि आयोजना विकास समितिले ११ तरिकाले जग्गा वर्गीकरण गरिसकेका छ । तर कस्तो वर्गीकरणको जग्गालाई कति रकम दिने भन्ने निर्णयको भने टुङ्गो भइसकेको छैन । यसको निर्णय भने छिटै हुने बताइएको छ ।

१२ सय मेगावाट क्षमता रहेका यो जलविद्युत आयोजना निर्माण गर्दा गोरखा र धादिङका २७ गाउँका ३५ सय बढि घरपरिवार विस्थापित हुनेछन् । उनीहरुको पूर्नवास र पूर्नस्थापनाको लागि ६१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

हाल, सलकारले भने मुआब्जा वितरणका लागि ५ अर्ब रुपैयाँ मात्र छुट्याएको छ । अन्य रकमको लागि सरकारको उच्च तहबाट बाचा दिइसकेको छ । त्यसकारण त्यसमा कुनै समस्या नहुने कुरामा आयोजनाका अधिकारीहरु विश्वस्त छन् ।

विशेष