अर्थ

तीन महिनामा रू १ अर्ब ५४ करोड राजस्व सङ्कलन

तीन महिनामा रू १ अर्ब ५४ करोड राजस्व सङ्कलन
कात्तिक - २० । आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा रू १ अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले यस आवको साउन, भदौ र असोज महिनामा रू। १ अर्ब ७ करोड ४९ लाख ४४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । राजस्व सङ्लन एकसय ४३ प्रतिशतसम्म भएको छ । जस अन्तरगत आयकरमा रू। ३६ करोड २५ लाख ८२ हजार, मूल्य अभिवृद्धि करमा रू। २८ करोड ८२ लाख ७४ हजार, अन्तःशुल्कमा रू। ७९ करोड ८४ लाख ६५ हजार, घर भाडामा रू। तीन करोड १५ लाख २७ हजार र स्वास्थ्यमा रू। एक करोड ९६ लाख ९२ हजार र बाँकी अन्य शिर्षकमा राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिए । कार्यालयले आयकरमा एकसय ५३, घर भाडामा एकसय २८, मूल्य अभिवृद्धिकरमा एकसय १९, अन्तःशुल्कमा एकसय ६४ र स्वास्थ्य सेवामा एकसय ६४ प्रतिशत कर सङ्कलन गरेको छ ।

antarik rajswo karyalaya Pokhara TAX

विशेष