'आखरको आरन' विमोचन

कात्तिक २० । साहित्यकार कृष्णदेव रिमालद्वारा लिखित ‘आखरको आरन’ शनिबार विमोचन गरिएको छ।
विद्युत्कर्मी साहित्य समाजले प्रकाशन गरेको कृतिमा गरिब वर्ग र कृषकको पीडा, समसामयिक राजनीतिक र प्रशासनिक विकृति, भ्रष्टाचार र घुसखोरीको विरोध लगायत ४३ कविता समाविष्ट छन् । आखरको अर्थ अक्षर हो । कृतिको विमोचन गर्दैै नेपालका लागि चीनका राजदूत लीलामणि पौडेलले साहित्यकार तथा पाठक दुवै कथनी र करणीमा समान हुनुपर्ने बताउँदै कवि रिमाल वर्गीय कवि भएको विचार व्यक्त गरे ।
समाजका अध्यक्ष रामेश्वर मातृदासको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेसका महासचिव आरएम डङ्गोलले कृतिमाथि समीक्षा गरेका थियो ।
akhar ko aran
Lilamani Poudel