नाकाबन्दीका बेला अगाडि सारिएका योजना माओवादी सरकारले रोकिदियो
कात्तिक २१ । गत वर्ष भारतले गरेको पाँच महिना लामो नाकाबन्दीका बेला पेट्रोलियम आपूर्तिका वैकल्पिक योजना अघि सारिए पनि तीमध्ये अधिकांश अलपत्र छन् । आपूर्ति मन्त्रालयले नाकाबन्दीको समयमा पेट्रोलियम भण्डारण क्षमता विस्तार, व्यवस्थित वितरण ग्यास कार्ड र चीनसँग पेट्रोलियम पदार्थ आयात गर्नेजस्ता सुधारात्मक आयोजना बनाए पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।
भारतले गरेको नाकाबन्दीबाट पाठ सिक्नु पर्ने भन्दै तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले कम्तीमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण निर्माण गर्ने, असहज अवस्थाको बेलामा ग्यास कार्डमार्फत ग्यास तथा सफ्तवेअरमार्फत पेट्रोलियम पदार्थ वितरणको व्यवस्था गर्नुका साथै चीनबाट दीर्घकालका लागि पेट्रोलियम पदार्थ आयात गर्ने योजना बनाएको थियो । –कारोबार दैनिकबाट