अपराध सुरक्षा

ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ
कात्तिक - २१ । सुर्खेतमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई आइतवार दिउँसो वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर औद्योगिक क्षेत्र नजिकबाट १९ वर्षीय तेज राना र १८ वर्षीय रमेश राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक धुव्र्रराज वोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले पक्राउ गरेको हो। वीरेन्द्रनगर खजुरा घर भएका दुबैजनाको साथमा लागूऔषध ब्राउनसुगर फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुबाट दुई सय ६० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ। तेज रानाको साथबाट दुई पुरिया र रमेशको साथबाट एक सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । जिल्लामा लागूऔषधको सेवन र कारोबार मुख्य समस्या रहेको भन्दै प्रहरीले पछिल्लो समय विषेश निगरानी बढाएको छ।

braun sugar sahit pakrau Surkhet

विशेष