अर्थ

एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’

एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’

ncell_main-logo

कात्तिक २२ । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा कर सहितमात्र रु १५०० मा भ्वाइस,एसएमएस र डेटा प्याकको मज्जालिन सक्छन् ।

यो योजना अन्तर्गत भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा आजबाट लागु हुनेछ । यो योजना सुचारु गर्ने एनसेलकाप्रिपेड वापोस्टपेड ग्राहकले आफु सम्बन्धित रोमिङ् देशहरुमा रहदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुकालागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमनकल, २५ एसएमएस र २५ एमबि डेटा पाउनेछन् । प्याकअन्र्तगत उपलब्ध हुने यी सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ ।

यो योजना सुचारु गरी एनसेलका ग्राहकले रोमिङ् देशहरुमाआफु यात्रामाभएको समयमा पनिआफ्ना परिवार, आफन्ततथा व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा कुराकानीगर्दै संचार सेवाको खर्चमा कटौतीगर्न सक्नेछन् ।

आफ्नो संचार सेवाको आवश्यकता बमोजिम, ग्राहकले जति पटक पनि यो प्याकलिन सक्छन् । प्याकप्रयोगगर्ने समयसिमा वा प्याकमा उपलब्धभएको सेवाहरु उपयोग गरी सकेपछि हाल रोमिङ्का बेलामालाग्दै आएको शुल्कहरु लागु हुनेछ । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो कम्बो प्याकमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न सक्छन् । यो अफरमा प्याक स्वतपुन सुचारु हुने व्यवस्था समावेश गरिएको छैन ।

Ncell

विशेष