अपराध सुरक्षा

एटिएमबाट पैसा चोरी गर्ने ३ रोमानियन नागरिक पक्राउ

एटिएमबाट पैसा चोरी गर्ने ३ रोमानियन नागरिक पक्राउ
कात्तिक–२२ । अर्काको एटिएम कार्डबाट पैसा निकाल्ने ३ रोमानियन नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको छ । विदेशबाट आउँदा हिडन क्यामेरा, स्किम डिभाइस तथा विभिन्न बैंक कार्ड र कार्ड राइटर लिएर नेपाल आउने र एटिएमबाट पैसा निकाल्ने ३ रोमानियनलाई ठमेलको नेपाल तारा होटलबाट पक्राउ गरेको हो । ४० वर्ष माथिका रोमानियाका घिटा हुजुम, इसिफ मोउरा र एलेक्स क्रिस्टियन बुल्घिनले ठमेल तथा दरबारमार्ग क्षेत्रका विभिन्न बैंकबाट नेपाली तथा विदेशीको खातामा रहेको पैसा निकालेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३ लाख ८ हजार ५ सय रुपैयाँ, १० हजार ९ सय ५ युरो, ४ सय ७० फिलिपिनी मुद्रा, विभिन्न बैंकका ३ सय ५३ वटा एटिएम, ६ वटा मोबाइल, दुई वटा ल्यापटप, हिडन क्यमेरा, कार्ड पर्सनलाइज मेसिन, २५ लाख रुपैयाँ पर्ने स्वीस घडी बरामद गरेको प्रहरीले जनाएको छ ।

ATM ATM Robbery Romanian

विशेष