अर्थ

सासेकको नौवर्षे सञ्चालन योजना सार्वजनिक

सासेकको नौवर्षे सञ्चालन योजना सार्वजनिक
कात्तिक २२ । सरकारले एसियाली विकास बैंकको सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को नौवर्षे सञ्चालन योजना सार्वजनिक गरेको छ । सरकार र उक्त बैंकले कार्य सञ्चालनलाई सरोकारवाला पक्षसम्म पुर्याउने उद्देश्यले राष्ट्रिय परामर्श कार्यशालाको आयोजना गरेर आज उक्त योजना सार्वजनिक गरेको हो । काठमाडाैँमा आयोजित एक कार्यक्रममा एडिबीका देशीय निर्देशक केनिची योकोयामा र अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले अक्त आयोजना सार्वजनिक गरे । त्यस अवसरमा देशीय निर्देशक योकोयामाले प्रस्तुत कार्ययोजनाले आयात, वाणिज्य व्यापार सहजीकरण र ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए। महाशाखा प्रमुख एवम् अर्थ मन्त्रालयका सहसचिव अर्यालले सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सरकारले आर्थिक विकासका गतिविधिलाई उच्च महत्व दिएको बताए ।

SASEC

विशेष