पर्यटन

भेडेटारमा एक हजार बुद्धको मूर्ति बनाइने

भेडेटारमा एक हजार बुद्धको मूर्ति बनाइने
कात्तिक २३ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र भेडेटारमा एक हजार बुद्धको मूर्ति बनाइने भएको छ । हङकङमा रहेका नेपाली र बौद्ध भिक्षुको सहयोगमा उक्त मूर्ति सुनसरीतर्फ रहेको भेडेटारको छोटी मोरङमा उक्त मूर्तिहरु बन्न लागेका हुन् । १२ विगाहा क्षेत्रफलमा १ सय ७५ फिट उचाइको एक ठूलो बुद्धको मूर्ति र बौद्ध बिहारसहित एक हजार ओटा साना बुद्धको मूर्ति निर्माण गरिने निर्माण समितिका संयोजक तथा हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष प्रदिप थापाले जानकारी दिए । एक अर्ब रुपैयाँ खर्चमा निर्माण गरिने उक्त मूर्तिको मङ्गलवार शिलान्यास गरिने निर्माण समितिका संयोजक एवं थापाले जानकारी दिए । अहिले धनकुटाको भेडेटार क्षेत्रमा मात्र वार्षिक ९ लाख भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले भ्रमण गर्ने गरेको होटल एशोसियशन भेडेटारको तथ्याङ्क छ ।

bhedetar buddha murti banne

विशेष