प्याराग्लाइडिङका सबै उडान बन्द

कात्तिक - २३ । नेपाल हवाई खेलकुद संस्था पोखराले मंगलबार प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ ।
गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान मंगलबारका लागि बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताए ।
पोखराको लेकसाइड निवासी पहारीको मंगलबार पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ ।
Banda
Pokhara
pyaraglaiding