अर्थ

माथिल्लो तामाकोसीको सेयर अतिविपन्न र सहिद परिवारलाई दिइने

माथिल्लो तामाकोसीको सेयर अतिविपन्न र सहिद परिवारलाई दिइने
कात्तिक - २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सरकारको तर्फ गरिएको लगानी सेयरस्वरुप अतिविपन्न र सहिद परिवारलाई बाँड्ने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले माथिल्लो तामाकोसी बनाउन सरकारले दिएको ११ अर्ब ऋण अतिविपन्न र सहिद परिवारका लागि सेयरका रूपमा रूपान्तरण गर्ने बताएका हुन् । ऋणलाई सेयरमा रूपान्तरण गर्नका लागि सरकारले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए । आयोजना निर्माणमा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बिमा संस्थानको २(२ अर्ब ऋण लगानी छ । नपुग ११ अर्ब सरकारले ऋण लगानी गर्ने प्रतिबद्धता गरेको छ । आयोजनाको सेयर संरचनाअनुसार नेपाल विद्युत् प्राधिकरण ४१ प्रतिशत, नेपाल टेलिकम ६ प्रतिशत, नागरिक लगानी कोष २ प्रतिशत, राष्ट्रिय बिमा संस्थान २ प्रतिशत र कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु १७ दशमलब २८ प्रतिशत लगानी रहेको छ । त्यसैगरी सर्वसाधारणको १५ प्रतिशत, आयोजनामा ऋण लगानीकर्ता संस्थाका कर्मचारीको २ दशमलब ८८ प्रतिशत, कम्पनी र विद्युत प्राधिकरण कर्मचारीको ३ दशमलब ८४ प्रतिशत र दोलखाबासीको १० प्रतिशत सेयर हुनेछ ।

pm pushpa kamal dahal prachanda

विशेष