अपराध सुरक्षा

नक्कली नेपाली नागरिकतासहित बंगलादेशी नागरिक पक्राउ

नक्कली नेपाली नागरिकतासहित बंगलादेशी नागरिक पक्राउ
कात्तिक २३ । सदरमुकाम इनरुवाको एक होटलबाट प्रहरीले  बंगलादेशीलाई पक्राउ गरेको छ । प्रहरीले बंगलादेशको टंगाल जिल्लाका आसान मिया र पावना जिल्लाका सिजारोल मल्लिकलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । उनीहरुले पश्चिम कुशाह ठेगाना उल्लेख गरेर नक्कली नागरिकता बनाएका हुन् । जसमा दुईजनासँग नक्कली नेपाली नागरिकतासमेत फेला परेको छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग उनीहरुको कनेक्सन हुनसक्ने भएकाले दुईलाई मात्र प्रहरीले सार्वजनिक गरेको छ । अन्य चारजनाको बारेमा भने अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । मंगलबार पत्रकार सम्मेलन गरी प्रहरीले दुईलाई सार्वजनिक गर्दै नक्कली नागरिकतामा मुद्धा चलाइने उल्लेख गरेको छ । डिएसपी विनोद घिमिरेका अनुसार अंग्रेजी, हिन्दी र नेपाली कुनै पनि भाषा नबुझ्ने भएकाले अनुसन्धानमा केही ढिला भएको हो । बंगली भाषा बुझ्ने प्रहरीबाट अनुसन्धान पुरा भए पछि बाँकी ४ जनालाई पनि सार्वजनिक गरिने छ । तीनमहिनादेखी इनरुवामा रहेको जमजम होटलमा उनीहरु बस्दै आएका थिए । आतंकवादी गतिविधिमा संलग्नहरु भारतको बाटो नेपाल आएर सुनसरी लगायतका पूर्वी जिल्लाहरुमा बसी नेपाली नागरिकता बनाएर पासपोर्ट बनाई नेपालकै बाटो भएर विदेश जाने गरेका छन् । पक्राउ परेकामध्ये केही तीनचार दिन अगाडि मात्रै सुनसरी आएकाले उनीहरुलाई ल्याउने मुख्य नाइकेले नागरिकता बनाउने तयारी गरिररहेको हुनसक्ने अनुमान सुरक्षा स्रोतको छ ।

bangladeshi nagarik pakrau Nagarikta nakkali

विशेष