अर्थ

सुनको मूल्य १४ सयले बढ्यो

सुनको मूल्य १४ सयले बढ्यो
कात्तिक २४ । सुनको मूल्य १४ सयले बढेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेपछि त्यसको असर सुनमा समेत देखिएको हो । बुधबार मात्र तेजाबी र छापावाल सुनमा १ हजार चार सय रुपैयाँले मूल्य बढेको हो । नेपाल सुचाँढी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ५८ हजार २ सय रुपैयाँ पुगेको छ । सुन मंगलबार ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनमा पनि १ हजार ३ सय रुपैयाँ बढेको छ । बुधबार ५७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी ५६ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । चुनावले चाँदीमा समेत भाउ बढेको छ । मंगलबार ८ सय २५ मा कारोबार भएपनि बुधबार निर्वाचन घोषणा पश्चात २० रुपैयाँ बढेर ४ सय ४५ मा कारोबार भइरहेको छ । डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गर्छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै नेपालको अर्थतन्त्रमा समेत प्रत्यक्ष प्रभावित बन्न पुगेको छ ।

sunko mulya ghatyo

विशेष