अर्थ समाज

बन्ने भयो पदनहामा पुलः प्रधानमन्त्री कार्यालयले देखायो चासो, डोलिडारले लियो एक्सन

बन्ने भयो पदनहामा पुलः प्रधानमन्त्री कार्यालयले देखायो चासो, डोलिडारले लियो एक्सन
कात्तिक २४ । बर्दिया जिल्लाको पदनाहाको कुसुम्बाघाटमा डेड बर्षभित्र पिलारसहितको झोलुङ्गे पुल बनाउने गरी स्थानिय मन्त्रालय अर्न्गतको डोलिडारले काम थालेको छ । डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटाले डेड बर्षभित्रमा काम सम्पन्न गर्ने गरी झण्डै चारसय मिटर लम्बाइको पिलरसहितको पुल बनाउने काम थालिएको जनाए । पदनहाको पीडाका बारेमा समाचार आएपछि हाम्रो ध्यान थप आकृष्ट भएको छ । असोज ४ मा नै पूलका लागि सम्झौता भएको हो । केही अलमल बीचमा भयो । अब कुनै अलमल नहुने गरी काम थालिनेछ । वातावरणीय परीक्षणका लागि तुरुन्त टोली खटाएर पुल निर्माण गरिनेछ ।’ नेपाल आजसँगको कुराकानीमा सापकोटाले प्रतिवद्धता व्यक्त गरे । dunga-1 डोलिडारले विशेषज्ञ झिकाएर पूल निर्माण पछिको अवस्थामा हुने वातावरणीय प्रभावका बारेमा पहिले रिपोर्ट तयार गर्नेछ । त्यसपछि पुल निर्माण शुरु हुनेछ । वातावरणीय प्रभावका विषयमा खाशै समस्या नदेखिएकाले पुल निर्माण तत्काल शुरु हुने सापकोटाले दाबी गरेका छन् र्। पुल निर्माणका लागि काट्नुपर्ने रुखका लागि कुनै समस्या छैन । रुख काटेको क्षतीपूर्ती वापत हामीले एक रुखवापत १२५ वटा रुख रोप्नुपर्छ । हामी त्यो गर्छौँ । अब ढिला हुँदैन ।’ सातवटा रुख नकाट्दा पुल निर्माण नभएको भनि प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै सापकोटाले स्पष्ट पारे । २०७१ सालको बाढीले कुसुम्बाघाटमा बनेको पुल संचालनमा आएको २९ दिनमै भत्किएको थियो । सरकारले प्रथामिकतामा राखेर तत्काल बनाउने भनेपनि साढे दुई बर्षसम्म पुल निर्माणका लागि खासै पहल भएको थिएन । नेपालआजलगायतका संचारमाध्यममा पुल नहुँदाको पीडाका बारेमा समाचार छापिएपछि प्रधानमन्त्री कार्यालय र डोलिडारले सोका बारेमा चासो राखेका थिए । डोलिडारका महानिर्देशक सापकोटाले भनेर्, यसबारेमा प्रधानमन्त्रीको तर्फबाट पनि निर्देशन आएको छ । हामी आफैँपनि पदनहाको पीडाका सम्बन्धमा संवेदनशील छौँ । पदनहाको पुललाई प्रथामिकतामा राखेर काम गर्ने गरी फाइल घघि बढिसकेको छ ।’ बबई नदीले घेरिएको पदनहा यातायातको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाको सबैभन्दा चल्तीको घाट मानिने कुसुम्बाघाटमा पुल बनेमा यहाँको जनजीवन सहज हुनेछ ।

र, यो पनि 


► प्रधानमन्त्री ज्यू, सातवटा रुख काट्न कति बर्ष लाग्छ ?

babai nadi Pool ram krishna sapkota

विशेष