अपराध सुरक्षा

विद्युत चोरी गर्ने ७५ जना पक्राउ

विद्युत चोरी गर्ने ७५ जना पक्राउ
कात्तिक – २४ । विद्युत चोरी गरेको आरोपमा ७५ जना व्यक्तिलाई रुपन्देहीबाट पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका उपप्रबन्धक मुनिन्द्र ठाकुरका अनुसार मर्चवार, लुम्विनी र धकधई क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट १४ लाख बक्यौता असुल उपर गरिएको केन्द्रले बताएको छ । रुपन्देहीका सीमा क्षेत्रमा विद्युत चोरीका घटना बढी हुने गरेको छ ।

bidhut chori garne pakrau butwal Pakrau

विशेष