अर्थ

पोखरालाई प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घाेषित

पोखरालाई प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घाेषित
कात्तिक - २४ । पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई आजदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको आज घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जुट्न सबै नगरवासीसँग आग्रह गरे। प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने तथा प्राकृतिक र वातावरणीय प्रदूषण बढाउने भएकाले उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने उद्देश्यले सो अभियान सुरु गरेको हो । उपमहानगरपालिकाले ती वस्तु फेला पारे स्थानीय स्वायत्त ऐनअनुसार उनीहरुको कसुर हेरि पाँच हजारदेखि १५ हजार रूपैयाँसम्म जरिवाना गर्ने जनाएको छ । पोखरा भित्रने मुख्य नाका विजयपुर, फेदि र स्याङ्जाको सिमानामा पनि अनुगमन टोली खटाइ यसको नियन्त्रणमा कडाइ गरिने बताइएको छ ।

Plastic Bag Pokhara

विशेष