पर्यटन

रुमानी आरोहीद्वारा पिक–५ को सफल आरोहण

रुमानी आरोहीद्वारा पिक–५ को सफल आरोहण
  कात्तिक - २४ । मकालुको पूर्वी उत्तर क्षेत्रमा पर्ने (६, ४२१ ) मिटर अग्लो पिक–५ को पहिलो पल्ट साहसिक आरोहण भएको छ ।रुमानियाका दुई नागरिक भ्लाड कप्सन र जेसोल्ट टोर्कले पहिलो पटक पिक–५ आरोहण गरेका हुन् । उनीहरुले कात्तिक १५ (अक्टोबर ३१) का दिन दिउँसो २ बजेर १० मिनेटमा सफल आरोहण गरेका थिए । सरकारले सन् २००३ मा ‘अन क्लाइमेड’ पिक–५ का रुपमा यो चुलीलाई सूचीकृत गरेको थियो । योजस्ता १०० बढी अप्ठ्यारा नचडिएका पिक सूचीकृत भए पनि यो बीचमा धेरै पिक आरोहण भएको र तीनको नामाकरणसमेत नभएको बताइन्छ ।स्नोवे होराइजन ट्रेक्स एन्ड एक्सिपीडिसन कम्पनीबाट गएको रुमानी टोलीले पहिलो पटक अप्ठ्यारो पिक आरोहण गरेको कम्पनीका सञ्चालक बोधराज भण्डारीले बताए। नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रुमानी आरोहीद्वय कप्सन र टोर्कले युवा आरोही टिमले पहिलो पटक पिक आरोहण गर्न पाउँदा अत्यन्तै खुसी र गौरव महशुश गरेको भन्दै यसले पर्वतीय पर्यटनमा विश्वभर सकारात्मक सन्देश प्रवाह हुने धारणा राखे । पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले आरोहणका सबै कागजात अध्ययन भइरहेकाले चाँडै आरोहण प्रमाणपत्र दिइने जानकारी दिए । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले हालसम्म नचढिएको (भर्जिन पिक) आरोहण सफलतासँगै पर्वतीय पर्यटनमा नयाँ आयाम थपिएको बताए ।

makalu pick 5

विशेष