अर्थ

नेप्से परिसूचकमा वृद्धि

नेप्से परिसूचकमा वृद्धि
कात्तिक - २५ ।  धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य रुपमा वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको बजारमा बिहीबार ० दशमलव ३१ अङ्कले वृद्धि भएर एक हजार ६९७ बिन्दुमा पुगेको छ । कुल १२९ कम्पनीको १० लाख ६५ हजार ३५१ कित्ता सेयर रु ७० करोड ८० लाख ४२ हजार २९८ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । स्टकका अनुसार बैंकिङ ०.१४, होटल १.४२ र अन्य समूह १.१३ बिन्दुले बढेको छ भने विकास बैंक ०.५५, जलविद्युत् ०.०१, फाइनान्स ०.७२ र बिमा समूह ०.४१ प्रतिशतले घटेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आजको सामान्य वृद्धिले लगानीकर्तालाई केही मात्रामा राहत दिएको बताइन्छ ।

nepse Share

विशेष