अर्थ

सुनको मूल्य १४ सयले बढ्यो

सुनको मूल्य १४ सयले बढ्यो
कात्तिक २५ । अमेरिकी राष्ट्रपतिको निर्वाचनले सुनको बजार उथलपुथल भएको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि बुधबार १ हजार ३ सयले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । डलर कमजोर हुनासाथ बुधबार सुन ५६ हजार ९ सय रुपैयाँबाट बढेर ५८ हजार २ सय रुपैयाँ पुगेको थियो । चाँदी पनि तोला १० रुपैयाँ घटेर ८ सय ४५ बाट घटेर ८ सय ३५ रुपैयाँमा झरेको छ । बुधबार २० रुपैयाँ बढेर ८ सय ४५ रुपैयाँ पुगेको थियो । ट्रम्पले आफ्नो विजयी सम्बोधनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धताले लगानीकर्ताहरु ढुक्क भएकाले डलर बलियो हुने संकेत देखिएपछि सुनको मूल्य घटेको हुन सक्ने सुन व्यवसायीले टिप्पणी गरेका छन् ।

gold prize sunko mulya ghatyo

विशेष