अपराध सुरक्षा

एटिएमबाट पैसा चोरी गर्ने २ विदेशी नागरिक पक्राउ

एटिएमबाट पैसा चोरी गर्ने २ विदेशी नागरिक पक्राउ

कात्तिक २६ । विभिन्न व्यक्तिको एटिएम कार्डको पिन नम्बर चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने २ जना टर्कीस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । टर्कीका ५२ बर्षीय मुहारेम उजुन र ३२ बर्षीय सेलाहात्तिन याबरलाई प्रहरीको केन्द्रीय अन्सन्धान व्यूरोले राजधानीको कान्तिपथस्थित यलो प्यागोडा होटलबाट बिहिबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २६ लाख ७५ हजार रुपैयाँ, १ हजार ७ सय युरो, १ हजार ६ सय ६० अमेरिकी डलर, १ सय १३ थान एटिएम कार्ड, एटिएम कार्डका पिन नम्बर लेखिएको कागज तथा पिन नम्बर चोरी गर्न प्रयोग हुने विभिन्न उपकरण बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत मे २६ गते देखि गत सोमबारसम्म गरी ३ पटक पर्यटक भीषामा नेपाल आएका उनीहरु आगामी शनिबार स्वदेश फर्कने योजनामा रहेको पाइएको छ । उनीहरुमाथि बैकिङ कसूर तथा सजाय ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ATM chori

विशेष