अर्थ

शिवम् सिमेन्टको चाँदी नै चाँदी उपहार योजना सकियो

शिवम् सिमेन्टको चाँदी नै चाँदी उपहार योजना सकियो

shibamm-ciment

कात्तिक २६ । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड लेयस वर्षको दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना सफलताका साथ समापन गरेको छ ।

आफ्ना उपभोक्ताहरुको सहुलियत तथा चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको उक्त योजना अन्तर्गत, शिवम् सिमेन्टलेआफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टकोखरिदमा १० ग्राम लक्ष्मी–गणेश अकिंत चाँदीको सिक्का उपहार प्रदान गरिएको थियो ।

२०७३ भाद्र १५ देखि कार्तिक २७ सम्म लागू गरिएको उक्त योजनामा ग्राहक तथा विक्रेताहरुले उत्साहवद्र्धक सहभागिता जनाई सफल पारिदिनसहयोग गरिदिनु भएकोमा कम्पनीले समस्त ग्राहक तथा विक्रेताहरुमा आभार प्रकट गरेको छ । साथै, आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने प्रतिबद्धता कम्पनीले ब्यक्त गरेको छ ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपिसी सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

Shivam Ciment

विशेष